फुटबलको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाइयो

डिसी नेपाल
३१ चैत २०७७ १७:४१

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाईएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपालले बन्द प्रशिक्षण गर्न लागेको हो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास

मिडफिल्डर : त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ,विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड : दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *