बिग हिटर ब्याट्सम्यानले ३० बलमा ३१ रन बनाउन नसकेपछि शाहरुख खानले माफी माग्नुपर्‍यो

डिसी नेपाल
१ वैशाख २०७८ १०:०७

काठमाडौं। आइपिएलअन्तर्गत गएराती भएको खेलमा कोलकाता नाइटराइडर्सका बिग हिटर मानिने ब्याट्सम्यानले ३० बलमा ३१ रन पनि बनाउन नसकेपछि बलिउड स्टार शाहरुख खानले माफी मागेका छन् । शाहरुख खान कोलकाता नाइटराइडर्सका मालिक पनि हुन् । हिजोको खेल कोलकाताले १० रनले हारेको थियो ।

मुम्बइ इण्डियन्सले दिएको १५३ रनको लक्ष्यको पिछा गर्ने क्रममा १५ ओभरको खेल सकिँदासम्म खेल कोलकाताको पक्षमा थियो । कोलकाताले त्यतिबेलासम्म ४ विकेटको क्षतिमा १२२ रन बनाइसकेको थियो र उसलाई ३० बलमा ३१ रन चाहिएको थियो । साकिब अल हसन दिनेश कार्तिक क्रिजमा थिए । र, आन्द्रे रसेल ब्याटिङको लागि आउन बाँकी नै थियो ।

त्यसपछिको दुई बलमै साकिब आउट भए र रसेल ब्याटिङको लागि आए । त्यसपछि बाँकी रहेका २८ बलमा यी बिग हिटर मानिने ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । रसेलले एउटा चौका हान्न सके तर कार्तिकले एउटा पनि बाउन्ड्री हान्न सकेनन् । दिनेश कार्तिक ११ बल खेलेर ८ रन मात्रै बनाएर नटआउट रहे । रसेलले १५ बल खेलेर ९ रनमात्र बनाएर आउट भए ।

कोलकाताको निराशाजनक हारले शाहरुख खान निकै दुःखी भएका छन् । टिमको हारपछि शाहरुखले ट्वीट गर्दै फ्यानसँग माफी मागेका छन् । शाहरुखले लेखेका छन् ‘निराशाजनक प्रदर्शन । यति मात्रै भन्छु कोलकाता नाइटराइडर्स सबै फ्यानसँग माफी माग्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *