कोरोना कहरमा विदेशिए ८५ हजार बढी युवा

डिसी नेपाल
१ वैशाख २०७८ १४:१४
76
Shares

काठमाडौं। वैदेशिक रोजगारीका लागि रहर र बाध्यतामा विदेशिने नेपाली युवाहरुको संख्या वर्षेनी उल्लेखनीय हुने गर्छ। विशेषतः रोजगारी र जीविकोपार्जनको लागी अर्को देश गई काम गर्ने र बस्ने प्रक्रिया विश्वव्यापी हुँदै गएको छ।

पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालबाट वैदेशिक रोजगारीका लागी श्रम स्वीकृति दिनेको संख्या ८५ हजारभन्दा बढी रहेको छ। वैदेशिक रोजगारीका लागि गत वर्ष (२०७७) साउनदेखि फागुन मसान्तसम्म ३२ हजार नौ सय ६१ जना नयाँ व्यक्तिले श्रम स्वीकृति लिएका छन्। जसमा पुरुष २९ हजार ६० र महिला तीन हजार नौ सय एक जना रहेका छन्।

त्यसैैगरी, गतवर्ष साउनदेखि फागुन मसान्तसम्म पुनःश्रम स्वीकृति र नयाँ श्रम स्वीकृति लिनेको संख्या ८५ हजार दुई सय ५० रहेको छ। जसमा ७९ हजार एक सय ४४ जना पुरुष र ६१ सय ६ जना महिला रहेका छन्।

यसबाट के देखिन्छ भने गत वर्ष (साउनदेखि फागुनसम्म) वैधानिक तरिकाले वैदेशिक रोजगारीमा जानेको संख्या ८५ हजार दुई सय ५० रहेको छ।

विशेषतः नेपाली युवाको वैदेशिक रोजगारको सहज अनि सरल गन्तव्य खाडी मुलुकसँगै छिमेकी मुलुक भारतसमेत बन्दै आएको छ। यस बाहेक शिक्षा, व्यापार, व्यवसाय आदि कारणले विदेश जानेहरु, सरकारी सम्पर्कमा नआई विदेश जाने कामदार तथा खुला सिमानाको फाइदा लिएर भारतमा रोजगारीका लागि गएका नेपालीहरुको संख्यालाई अभिलेख गर्ने हो भने यो सङख्या निकै बढी देखिन आउँछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *