गैरआवासी नेपालीहरुसँग प्रधानमन्त्रीको जूम मिटिङ

डिसी नेपाल
१ वैशाख २०७८ २०:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्।

नववर्ष २०७८ का अवसरमा जूममार्फत विभिन्न देशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। मिटिङमा प्रधानमन्त्रीका परराष्ट्र मामिला विज्ञ डा राजन भट्टई, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष भक्त गुरुङ, नेपालका लागि विभिन्न देशमा कार्यरत राजदुत, गैरआवसीय नेपाल संघका पदाधिकारीहरु सहभागी भएको उक्त बैठकलाई प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारबाटै सम्बोधन गरेका थिए।

विभिन्न देशमा रहेका नेपाली राजदूतह, गैरआवासीय नेपाली संघका पदाधिकारहरु र ति देशका नेपाली संघसस्थाहरुलाई नयाँ वर्ष २०७८ का अवसरमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा मै गर्नु उपयोगी हुने सन्देश विदेशी सम्म पुर्याउन आग्रह गरेका थिए। ‘नेपालमा मजदुर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ र हड्ताल हुने अवस्था छैन भन्ने सन्देश आफूरहेको देशका लगानीकर्ताहरुलाई पुर्याइदिनुहोस्’, उनले भने।

प्रधानमन्त्रीले गैरआवासीय नेपालीले राजनीतिक अधिकार बाहेक सबै हक अधिकार समान ढंगले पाउने समेत बताए। ‘तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ‘, प्रधानमन्त्रीको भनाइ थियो। आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनौट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा पनि उनको थियो।

नेपाली जनता देश भित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्ने प्रधानमन्त्रीले बताए। ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेम भाव र सहयोगी भाव राख्तछ र नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *