नुवाकोट टाइगर च्याम्पियन

डिसी नेपाल
२ वैशाख २०७८ १०:१९

काठमाडौं । आरडब्लु समर स्ल्याममा नुवाकोट टाइगर बुधबार च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई पराजित गरिन । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद पुरस्कार प्राप्त गरिन ।

नुवाकोटको शिवपुरीस्थित सूर्यचौरमा भएको प्रतियोगिताको लाइट हेभी वेटमा साइनले डेविडलाई पाखा लगाए भने लाइट वेटमा एस हिरोले सीजे वल्र्डमाथि जित रचे । साइन १२ हजार तथा हिरो ८ हजार नगदबाट पुरस्कृत भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपकी सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्णाकेशरी श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ११ रेस्लर सहभागी थिए । प्रतियोगितामा विकास खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *