नबिल बैंकद्वारा कार्ड इन्टिग्रेसन सेवा सञ्चालनमा

डिसी नेपाल
२ वैशाख २०७८ १६:२९

काठमाडौं। नबिल बैंकले नाबिल स्मार्ट बैंक कार्डका ग्राहकको लागि कार्ड इन्टिग्रेसन सेवा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंक स्मार्ट एपमा कार्ड इन्टिग्रेसन सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकको नबिल बैंक स्मार्ट एप प्रयोगकर्ताले कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियत र निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु एप द्वारानै गर्न सक्नेछन् ।

बढ्दो कोभिड १९ को संक्रमण त्रासलाई मध्येनजर गर्दै बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गरीएको जनाएको छ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका हाल १ सय १९ शाखा, १ सय ८५ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *