लन्डनमा मनाइयो नयाँ वर्ष

डिसी नेपाल
२ वैशाख २०७८ २१:०३
32
Shares

लन्डन। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युके र नेपाली साहित्य विकास परिषद् यूकेले संयुक्तरूपमा नेपाली नयाँ वर्ष २०७८ गीत, सङ्गीत र कविता वाचन गरी साहित्य साँझको रूपमा मनाइएको छ।

जूम प्रविधिबाट भर्चुअलरूपमा आयोजना गरिएको उक्त समारोहलाई सम्वोधन गर्नुहँदै प्रमुख अतिथि ती संस्थाका पूर्वअध्यक्ष वरिष्ठ समाजसेवी अभिभावक डा राघवप्रसाद धितालले ‘हामी जहाँ बसे पनि हाम्रो भाषा साहित्य संस्कृतिसँगै ल्याएका छौँ र यही नै हाम्रो नेपाली परिचय, पहिचान शक्ति र एकताको प्रतिक हो हामी सबैले जोगाएर भावि सन्ततिहरूमा सार्दैजानु पर्दछ’ भने।

अतिथिको आसनबाट बोल्दै यती नेपाली एसोसिएसन युकेका अध्यक्ष कवि ध्रुव केसीले ‘जहाँ हाम्रो नेपाली मन पुग्दछ त्यहा हाम्रो नेपाली पन पनि पुर्याउनु पर्दछ’ भने। उनले ‘हाम्रो नेपाली भाषा साहित्य संस्कृति लोकसंस्कृति पहिरन र रितिरिवाज चाडपर्व सबै हाम्रा नेपाली पहिचान हुन् यी सबै हामी सबैले जोगाएर लानुपर्दछ’ भने।

सभापतित्वको आसनबाट सम्वोधन गर्दै सोससाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेका अध्यक्ष माधव पराजुलीले ‘आज हामीले नेपाली नयाँ वर्ष मनाएर हाम्रो गाउँ, घर,जन्म भूमि, संस्कार र संस्कृतिको सम्झना गरिरहेका छौं, सिर्जना र साहित्यमा स्वदेशको उपस्थिति गराएका छौँ’ भनेका थिए।

शुभकामना मन्तव्य दिँदै नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले ‘हाम्रो जन्मकुण्लीसँग जोडिएको रगतको नाता रहेको नेपाली नयाँ वर्ष हाम्रा लागि प्यारो छ र नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै निरन्तर मनाउँदै आइरहेको छ’ भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *