राजस्थानलाई १४८ रनको लक्ष्य

डिसी नेपाल
२ वैशाख २०७८ २१:३६

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १४८ रनको लक्ष्य दिएको छ । मुम्मबईमा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रन बनायो ।

दिल्लीका कप्तान ऋषभ पन्तले ५१ रनको अर्धसतकीय पारी खेले । उनले ३२ बलमा ९ चौका प्रहार गरे । यस्तै टम करनले २१ तथा ललित यादवले २० रन बनाए । क्रिश वोक्सले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

राजस्थानका जयदेव उनादकटले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *