खोटाङ जिल्ला लिग फुटबल वैशाख १० देखि

डिसी नेपाल
२ वैशाख २०७८ २२:०७

खोटाङ । आगामी वैशाख १० गतेदेखि खोटाङमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको खेलतालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल सङ्घको दिक्तेलस्थित कार्यालयमा बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो ।

(ए) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगिता वैशाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए । यसपल्टको ए र बि डिभिजन लिग फुटबल प्रतियोगिता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा राजावासस्थित यलम्बर खेल मैदानमा सञ्चालन हुने जनाइएको छ ।

जिल्ला लिग वैशाख १० गते उद्घाटन भएपनि प्रतियोगिता भने दोस्रो दिनदेखि मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो । विसं २०७६ को लिगमा प्राप्त गरेको अङ्कका आधारमा जिल्लाका छ वटा क्लब ए डिभिजनमा र चार वटा क्लब बि डिभिजनमा परेको थियो । ए डिभिजन लिगका विजेता क्लबले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *