क्रिस मोरिसले तुफानी ब्याट्रिग गरेपछि जित्यो राजस्थान

डिसी नेपाल
२ वैशाख २०७८ २३:५२

काठमाडौं। आईपीएलको बिहीबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्समाथि राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ। १४८ रनको लक्ष्य पाएको दिल्लीले २ बल बाँकी रहँदा २ विकेटको जित हात पार्यो।

लो स्कोरिंग रोमाञ्चक खेलमा राजस्थानका लागि क्रिस मोरिसले अन्तिम ओभरमा १२ रन आवश्यक हुँदा २ छक्कासहित १४ रन बनाएका थिए। उनले १८ बलमा नटआउट ३६ रन बनाउनेक्रममा ४ छक्का प्रहार गरेका थिए। १९ औं ओभरमा कागिसो रबाडालाई २ र अन्तिम ओभरमा टम कुरेनलाई २ छक्का प्रहार गरेका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीका लागि कप्तान ऋषभ पन्तले अर्धशतक बाहेक अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग गर्न नसक्दा दिल्लीले ७ विकेटमा १४७ रनको सामान्य स्कोर बनाएको थियो। मुम्बईको बाँखंडेमा हाई स्कोरिंग खेल हुने अनुमान गरिए पनि राजस्थानका जयदेव उनादकटले शुरुदेखि नै विकेट लिएपछि दिल्ली धराशयी बनेको थियो।

जवाफी ब्याटिंग गरेको राजस्थानको पनि शुरुआत खराब रह्यो। तर डेबिड मिलरले अर्धशतक बनाउँदै राजस्थानलाई उकासेका थिए। प्रतियोगितामा दिल्ली र राजस्थान दुबै टिमले एक जित र एक हार व्यहोरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *