टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक

डिसी नेपाल
३ वैशाख २०७८ १६:२४

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघले (क्यान) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । तीन राष्ट्रको कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग भोलि (शनिबार) खेल्नेछ । खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *