विद्यालय सञ्चालनका बारेमा नगरपालिका संघ र गाउँपालिका महासंघको अनुरोध
काठमाडौं । नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघले कोरोनाको महामारीमा विद्यालय संचालन गर्ने सम्बन्धमा विशेष अनुरोध गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै दुबै संघले उक्त अनुरोध गरेका हुन्।
नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु र गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय सरकारले नै विद्यालय संचालन र बन्द गर्ने कुरा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधानतः माध्यामिक शिक्षासम्मको समग्र व्यवस्थापन र संचालनको मुख्य दायित्व स्थानीय सरकारको भएकाले आफ्नो क्षेत्रमा सुरक्षाका मापदण्ड अपनाएर विद्यालय विद्यालयको संचालन गर्ने।’ सुचारु र बन्दको निणर्य त्यहाँको सरोकारवालाहरुसँग छलफल गरेर गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ।
विगतमा कोरोना नियन्त्रणको लागि स्थानीय तहले खेलेको भूमिका उल्लेखनीय भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको स्वास्थ्य गम्भिर विषय भएकाले यस महामारीबाट समुदायलाई सुरक्षित राख्न विगतको सिकाईको आधारमा पूर्व तयारी र प्रभावकारी कार्यान्वयनमा योजनाबद्ध रुपमा क्रियाशील हुने।’
यस्तै, सिकाईका वैकल्पिक विधिहरुको प्रयोग गरी सिकाई प्रक्रियालाई निरन्तरता दिन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment