कोहलपुरमा बस र टिपर ठोक्किए, ५ जनाको मृत्यु, ३७ घाइते

डिसी नेपाल
३ वैशाख २०७८ २१:४६

काठमाडौं। शुक्रबार साँझ बाँकेमा भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम डीएसपी रबिन्द्र खनालले बताए।

डीएसपी खनालका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सहचालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी ७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका १० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला रहेका छन्। मृतक नेपाली सेनाका जमदार पनि रहेका छन्।

सुर्खेतबाट कोहलपुर हुँदै पूर्बतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। कोहलपुर चप्परगौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिव एक किलोमिटर पूर्व जंगलमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचार भइरहेको डीएसपी खनालले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *