चेन्नाईको सहज जित

डिसी नेपाल
३ वैशाख २०७८ २३:०३

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सहज जित हासिल गरेको छ । शुक्रबार मुम्बईमा भएको खेलमा चेन्नाईले पञ्जाबलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १०७ रनको लक्ष्य चेन्नाईले २६ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा ग¥यो । चेन्नाईको जितमा मोइन अलीले सर्वाधिक ४६ रन बनाए । यस्तै फाफ डु प्लेसिसले ३६ रन बनाए । पञ्जाबका मोहम्मद शामीले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । पञ्जाबका शाहरुख खानले सर्वाधिक ४७ रन बनाए । चेन्नाईका दिपक चहरले ४ विकेट लिए ।

जितसँगै चेन्नाई २ खेलमा एक जितसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै पञ्जाब सातौँ नम्बरमा पुगेको छ । तालिकाको शीर्ष स्थानमा २ खेलमा जित निकालेको बेंग्लोर रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *