दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण

डिसी नेपाल
४ वैशाख २०७८ ९:१०

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ। उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो। आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११ हजार ३४४ बजेट परिचालन गरेको छ।

अतिविपन्न घरवारविहीन परिवारको छनोट गरी आवास निर्माणको कार्य भइरहेको नगरपालिकाका उपप्रमुख चिनी गिरीले बताइन्। “नगरपालिका क्षेत्रमा बसोवास गर्ने परिवारको आवासमा पहुँच पु¥याउनका लागि कार्यक्रम सञ्चालन गरेका छौँ”, उनले भनिन्, “आवास नभएका सबै परिवारलाई सुरक्षित आवसको पहुँच पु¥याउने लक्ष्य लिएका छौँ ।” सबै वडामा घरवारविहीनका लागि आवास निर्माण भइरहेको उनले बताइन्।

उनका अनुसार एक घर निर्माण गर्न झण्डै रु दुई लाख खर्च लाग्ने छ । निर्माण हुने आवासमा दुई कोठा, बरण्डा निर्माण गरिने छ । छानामा जस्ता पाता राखिने छ । चालू आवमा आवास निर्माणको कार्य पूरा गर्ने लक्ष्य लिइएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *