नेपालले टस जितेर फिल्डिङ रोज्यो, पारस खड्का नखेल्ने

डिसी नेपाल
४ वैशाख २०७८ १३:१४

काठमाडौं। त्रिदेशीय सिरिज अन्तर्गतको पहिलो टि–२० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । १ वर्षभन्दा लामो समयपछि नेपाली क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन भएको हो । आज नेपाल र नेदरल्याण्डबीच हुने पहिलो टि–२० खेल हेर्नको लागि किर्तिपुर मैदानमा दर्शकहरुको भिड जम्मा भएको छ । लामो समयपछि स्वदेशमा अन्तर्राष्ट्रिय क्रिकेट हेर्न फ्यानहरु उत्साहित भएका छन् ।

आजको खेलमा पारस खड्का खेल्ने छैनन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सन्दिप लामिछाने, विनोद भण्डारी, अविनाश बोहरा, सोमपाल कामी, कुशल भुर्तेल, शहाब आलम र आसिफ शेख मैदानमा उत्रिनेछन् ।

नेपाल, नेदरल्याण्ड र मलेसियाबीच हुने यो त्रिदेशीय सिरिजमा कूल ७ अन्तर्राष्ट्रिय टि–२० हुनेछन् । उद्घाटन खेल आज नेपाल र नेदरल्याण्डबीच हुँदैछ । अब भोलि मलेसिया र नेदरल्याण्ड, सोमबार नेपाल र मलेसिया, मंगलबार नेपाल र नेदरल्याण्ड, बुधबार मलेसिया र नेदरल्याण्ड तथा बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ । शुक्रबार एक दिन खेल हुने छैन र अर्को शनिबार तालिकामा शीर्ष स्थानमा रहने २ टिमबीच फाइनल खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *