भारतमा गत २४ घण्टामा साढे २ लाख बढी संक्रमित थपिए, विश्वमा हालसम्म ३० लाखले ज्यान गुमाए

डिसी नेपाल
५ वैशाख २०७८ ७:०२
96
Shares

काठमाडौं । दोश्रो लहरमा उकालो लागेको कोरोनाले विश्वभरमा ३० लाख बढीको ज्यान लिएको छ। २०१९ को डिसेम्बर अन्तिममा चीनबाट देखिएको उक्त भाइरसले हालसम्म विश्वभरमा १४ करोड मानिसलाई संक्रमित बनाएको छ।

विश्वका सबैभन्दा बढी प्रभावितहुने देशहरुको सूचीमा सबैभन्दा पहिला अमेरिका आउने गर्छ। यो समचार बनाइ रहदाँ अमेरिकामा ३ करोड २३ लाख ७१ हजार ७ सय बढीमा संक्रमण पुष्टि भइसकेको छ।

दोश्रो लहरले सबैभन्दा बढी भारतलाई प्रभाव पारेको छ। यूके, ब्राजिल, दक्षिण अफ्रिकी र आफ्नै देशको डबल म्यूटेन्ट भेरियन्टबाट ग्रसित भारतमा दैनिक संक्रमित थपिनेको संख्या उकालो लाग्दो छ।

गत २४ घण्टामा मात्र भारतमा २ लाख ६० हजार ७ सय ७८ जना कोरोनाका संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ४७ लाख ८२ हजार ४ सय ६१ पुगेको छ। भारतमा दैनिक करिव १ हजार बढीले ज्यान गुमाउँदै आएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १ सय ६८ पुगेको छ।

भारतपछि ब्राजिल, अमेरिका, टर्कीमा ६० हजार बढी संक्रमित गत २४ घण्टामा थपिएका छन्। फ्रान्समा ३५ हजार, इरानमा २१ हजार, जर्मनीमा २० हजार, अर्जेन्टीमा १९ हजार र कोलोम्बीयामा १६ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।

नेपालमा गत २४ घण्टामा ७६८ जना कोरोनाका संक्रमित थपिएका छन्। ५ जनाले २४ घण्टामा ज्यान गुमाए भने २सय २६ जना संक्रमितहरु निको भएर घरफर्केका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *