एनआरएनए अमेरिकालाई २४ घण्टे अल्टिमेटम

डिसी नेपाल
६ वैशाख २०७८ २:४४

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्ले गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकालाई सदस्यताको तथ्यांकबारे २४ घण्टे अल्टिमेटम दिएको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंस्थित सचिवालयका कार्यकारी निर्देशक राजेश रानाले एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहलाई एक पत्र लेख्दै २४ घण्टे अल्टिमेटम दिएका हुन्। रानाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तका तर्फबाट भन्दै साहलाई लेखेको पत्रमा २४ घण्टाभित्र एनआरएनए अमेरिकाका सदस्यहरुको डाटा केन्द्रीय सदस्यता सिष्टम(एमआईएस)मा सारिसक्न भनिएको छ।

कार्यकारी निर्देशक रानाले यो कामका लागि केन्द्रले पटक पटक पत्र लेखेको उल्लेख गरेका छन्। यस्तो कार्यका लागि एनआएरएनए केन्द्रीय सचिवालयको आईटी विभागका अधिकारीहरुसंगको समन्वयमा गर्न पनि रानाले सुझाएका छन्।

अमेरिकामा गैरआवासीय नेपाली संघलाई आफ्नो नियन्त्रणमा राख्न आफूखुसी नक्कली नाममा सदस्य बनाउने र तिनै नक्कली सदस्यको भोटबाट चुनाव जित्ने गरेको विवादमा हालका अध्यक्ष साह नराम्रोसंग फंसेका छन् ।

उनी निर्वाचित हुँदा २०९३ संख्याको सदस्यता विवादमा परेको र यीमध्ये कतिपय त जनावरको फोटो राखेर बनाइएको समेत छानविनका क्रममा खुलासा भएको थियो । यो प्रकरणको पटक पटक छानविन भएपनि दोषीउपर कारवाही गरी अमेरिकाबासी नेपालीहरुको साझा संस्था बनाउने प्रयासमा एनआरएनए, अमेरिका र एनआरएनए केन्द्र दुबै असफल हुँदै आएका छन् ।

केन्द्रले भनेजस्तो सन् २०२१—२०२३ को नयाँ केन्द्रीय समितिको निर्वाचन पूर्व नै हाल सकलित सदस्यताको तथ्यांक एमआईएस सिष्टममा सारे जो पायो त्यहीले भोट हाल्न पाउँदैनथ्यो ।

सदस्यता सो सिष्टममा सार्दा सदस्यको तस्वीरसहित सर्ने र मत दिने बेलामा तस्वीर नमिले मत दिन नपाउने व्यबस्था भएको हुँदा एनआरएनए अमेरिकाका अध्यक्ष सुनलि साहमाथि सदस्यता सो सिष्टममा सार्न आलटाल गर्दै आएको आरोप लाग्दै आएको छ । अप्रिल १७ तारिक लेखेको सो पत्रले दिएको अल्टिमेटम पूरा हुंदा पनि एमआईएस सिष्टममा सदस्यहरुको तथ्यांक सार्ने कुनै काम भएको छैन।

त्यसो त अल्टिमेटम पत्रमा २४ घण्टाभित्र नसारे के गर्ने भन्ने कुरा पनि उल्लेख गरिएको छै ।

जोशी, त्रिपाठी र भण्डारीद्वारा राजीनामा

यसैबीच अमेरिकाको सदस्यता विवादबारे प्रमाणीकरण गर्न केन्द्रद्वार केन्द्रीय उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा गठित प्रमाणीकरण समितिका तीन सदस्यहरुले सो समितिबाट राजीनामा दिएको घोषणा गरेका छन्।

यसरी राजीनामा दिनेहरुमा केन्द्रीय सचिव गौरी जोशी, टेक्सास, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, मेरिल्याण्ड र केन्द्रीय सल्लाहकार हरिबोल भण्डारी, टेक्सास छन्।

अध्यक्ष पन्तलाई संबोधन गर्दै सचिव जोशीले अप्रिल १६ मा लेखेको राजीनामा पत्रमा ‘प्रमाणीकरण समितिले कुनै काम नगरेकोले सो समितिको सदस्य पदबाट आजैका मितिदेखि राजीनामा दिएको’ उल्लेख गरेका छन्।

त्यसैगरी सोही मितिमा केन्द्रीय सल्लाहकार भण्डारीले पनि अध्यक्ष पन्तलाई नै सम्बाेधन  गर्दै समितिले काम नगरेकोले राजीनामा दिएको उल्लेख गरेका छन्। दुई सदस्यले राजीनामा दिंदा पनि काम अघि बढाउनेबारे कुनै प्रयास नभएको भन्दै त्रिपाठीले अप्रिल १८ मा राजीनामा दिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *