मेलम्चीको पानी पूर्ण क्षमतामा वितरण सुरु

डिसी नेपाल
६ वैशाख २०७८ १५:५७
64
Shares

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाले पूर्ण क्षमतामा पानी वितरण सुरु गरेको छ। सोमबारबाट पानी पूर्ण क्षमतामा अर्थात १७ करोड लिटर नै वितरण सुरु भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश राईले जानकारी दिए।

उनले भने ‘दैनिक चार साढे करोड लिटरबाट पानी वितरण सुरु गरिएको थियो। साढे ६ करोड लिटर गर्दै अहिले १७ करोड लिटर नै पु¥याइएको छ।’
हाल पानी पुर्याउन बाँकी रहेका भक्तपुर र कीर्तिपुर क्षेत्रमा पानी वितरण अब चाँडै हुने उनको भनाई छ।

वितरण प्रणली पुरोनो भएका कारण करिव साढे ३ सय बढी ठाउँमा समस्या देखिएको बताउँदै उनले २ सय ठाउँमा मर्मत भइसकेको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *