अमेरिकाको नेपाली संस्था एएनएको बोर्ड अफ ट्रष्टीमा नेतृत्व परिवर्तन

डिसी नेपाल
६ वैशाख २०७८ १८:४३

टेक्सास, अमेरिका । एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए) को ट्रष्टी बोर्डको जिम्मेवारी हेरफेर भएको छ । एएनएका अध्यक्ष विजयराज भट्टराईले अप्रिल १८ मा बसेको कार्यकारिणी समितिमा जिम्मेवारी हेरफेर भएको जानकारी दिएका थिए ।
ए.एन.ए.ट्रष्टी बोर्डको मिटिङ्गले क्यालिफोर्निया निवासी डा. शम्भु ढुङ्गानालाई ट्रष्टी बोर्डको चेयरमा निर्बिरोध निर्वाचित गरेको जानकारी अध्यक्ष भट्टराईले गराए । डा. ढुङ्गाना ए.एन.ए. का पूर्व अध्यक्ष हुन् । यसअघि एरिजोना निवासी डा.अम्बिका प्रसाद अधिकारी ए.एन.ए.ट्रष्टीको चेयरको जिम्मेवारीमा थिए । मिटिङ्गले डा. अधिकारीको कुशल नेतृत्वको प्रशंसा गर्दै धन्यबाद ज्ञापन समेत गरेको छ ।
सन् २०१६ मा पारित नयाँ बिधानअनुसार ए.एन.ए. ले बोर्ड अफ ट्रष्टीको व्यवस्था थपेको थियो । बोर्ड अफ ट्रष्टीमा निबर्तमान अध्यक्षसहित नौ सदस्यीय रहने व्यवस्था रहेको छ । यस संस्थाको पहिलो ट्रष्टी बोर्डको चेयरमा डा. अधिकारी भन्दा पहिले क्यानाडाका डा. कुञ्जर शर्मा थिए । कुञ्जर शर्मा यतिखेर क्यानाडाको निम्ति नेपाल सरकारको महाबाणिज्यदूतको जिम्मेवारीमा समेत छन् ।
नवगठित बोर्ड अफ ट्रष्टीमा अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुका संघसंस्थाहरुको नेतृत्व गरिसकेका व्यक्तित्वहरु रहेको एएनए अध्यक्ष भट्टराईले बताए । उनका अनुसार, डा. शम्भु ढुङ्गाना – चेयर र सदस्यहरुमा डा. अम्बिका प्रसाद अधिकारी, डा. कुञ्जर शर्मा, रोजर अधिकारी, प्रहलाद के.सी, अन्जन श्रेष्ठ, बेदा जोशी, डा. विद्या रञ्जित र खगेन्द्र अधिकारी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *