त्रिदेशीय टि ट्वान्टी क्रिकेटः भोलि मैदानमा दर्शक नहुने

डिसी नेपाल
६ वैशाख २०७८ १८:५०

काठमाडौं। नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी रहेको त्रिदेशीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता अहिले काठमाडौंमा जारी छ। प्रतियोगिताका तीनवटा खेलसमेत भइसकेका छन्। तर, सरकारले कोरोनाको बढ्दो संक्रमणलाई लिएर सोमबार गरेको निर्णयले जारी प्रतियोगिता प्रभावित हुने भएको छ।

सरकारले दर्शकसहित रंगशाला बन्द गर्ने निर्णय गरेको छ। यो निर्णयले जारी त्रिदेशीय क्रिकेट प्रतियोगितालाई प्रभाव पार्ने भएको हो। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलहरुमा दर्शकहरुको बाक्लो उपस्थिति देखिएको थियो। तीनवटा खेलमा उल्लेख्य संख्यामा दर्शक उपस्थित थिए।

तर, मंगलबार नेपाल र नेदरल्याण्ड्सबीच हुने खेलमा अब दर्शक नहुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिब अशोकनाथ प्याकुरेलले बाँकी खेलमा दर्शक नहुने बताए। उनले डिसी नेपालसँग भने, ‘सरकारले गरेको निर्णय मान्नैपर्छ। अब दर्शकविना नै खेल सञ्चालन हुन्छन्।’

प्रतियोगामा नेपालले आफूले खेलेका दुबै खेलमा शानदार जित हात पारेको छ। उता नेदरल्याण्डले एक खेलमा पराजित भएको छ भने एक खेल जितेको छ। मलेसियाले आफूले खेलेका दुबै खेल हारेको छ। शीर्ष दुई स्थानमा रहने टीमबीच उपाधिका लागि फाइनल हुनेछ।

कोरोनाका कारण रोकिएको नेपाली क्रिकेट १३ महिनापछि मैदानमा उत्रिएको थियो। तर, अब फेरि कोरोनाको दोस्रो लहर चलेपछि दर्शक बिना नै प्रतियोगिता हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *