पूर्वराजा ज्ञानेन्द्र कोरोना संक्रमित
फाईल तस्बिर
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएका छन्। हरिद्वार कुम्भमा सहभागी भएर उनी आइतबार स्वेदश फर्केका थिए। कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजा पनि संक्रमित भएका हुन्।
ज्ञानेन्द्रकी नातिनी कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन्। ज्ञानेन्द्र हरिद्वारबाट फर्केपछि निर्मल निवासमै क्वारेन्टिन बसेका थिए। कोरोना संक्रमित भए पनि उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी भने दिइएको छैन।
शिग्र स्वास्थ्य लाभको कामना हजुर बुवा हजुर आमा?? pic.twitter.com/v5qtxBB5pW
— Kritika Shah (@kritika__shah) April 20, 2021
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment