महेन्द्र सिंह धोनीका मातापिता दुवै कोरोना संक्रमित, राँचीमा अस्पताल भर्ना
काठमाडौं। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीका पिता पानसिंह धोनी र आमा देवकी देवी कोरोना संक्रमित भेटिएका छन् । दुवैलाई राँचीस्थित निजी अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकहरुका अनुसार दुवैको अवस्था राम्रो छ । अहिले उनीहरूको अक्सिजनको मात्रा पनि सामान्य छ। संक्रमण अझै फोक्सोमा पुगेको छैन भन्ने सिटी स्क्यानमा देखिएको छ ।
भारतमा मंगलबार इतिहारमै भयावह कोरोना संक्रमण दर रेकर्ड गरिएको छ । मंगलबारको दिन पहिलो पटक एक दिनभित्र सबैभन्दा धेरै नयाँ बिरामीहरू फेला परेका हुन् । यही दिन सबैभन्दा धेरैको मृत्यु भयो र निको हुनेहरू पनि सबैभन्दा धेरै थिए । पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार ११५ जनामा संक्रमण भेटिएको थियो । गत वर्ष कोरोना सुरु भएदेखि एक दिनमा भेटिएको यो सबैभन्दा धेरै बिरामीहरूको संख्या हो ।
यो २४ घण्टामा २०२० जनाको संक्रमणका कारण मृत्यु भयो। सेप्टेम्बर महिनाको सुरुतिर सन् २००४ जनाको एक दिनभित्रै मृत्यु भएको रेकर्ड गरिएको थियो। तथापि, त्यतिबेला केही वृद्धहरूको मृत्युको संख्या पनि थपिएको थियो। यसैबीच गत २४ घण्टामा १ लाख ६६ हजार ५२० जना निको भएका छन् । स्वास्थ्यलाभको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment