कोरोनाः तीन दिनदेखि महिलाको शव घरमै, कुकुरले खाए शव

डिसी नेपाल
८ वैशाख २०७८ १७:५६
4.7k
Shares

काठमाडौं। भारतको लखनऊमा एक वृद्ध महिलाको कोरोनाको कारण घरमै मृत्यु भयो। सो घरमा उनी एक्लै बस्थिन्। घरमा कोही नभएकाले उनले उपचार पनि पाइनन्। मरेपछि अन्तिम संस्कार पनि भएन। छिमेकीले गन्ध आएपछि उनको घरमा हरे, त्यहाँ वृद्ध महिलाको शव थियो र कुकुरले लुछिरहेका थिए।

यो भयानक दृश्य देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे। प्रहरी र नगर निगमका अधिकारीले सो घरमा पुगे। उनीहरुले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाए। भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी शव लिन पुग्दा त्यहाँ कुकुरले सो शव लुछिरहेका थिए। शवको एक हात कुकुरले खाइसकेका थिए।

समाचार अनुसार ती महिलाको घरमा केही भाडाका मानिसहरु बस्थे। तर, ग्राम पञ्चायतको चुनावका कारण उनीहरु आफ्नो गाउँ गए। घरमा उनी एक्लै थिइन्।

उनका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको थियो। वृद्धाको घरमै निधन भयो। तर, उनका आफन्तले सो घटनाबारे जानकारी नै पाएनन्। प्रहरीले ती महिलाका आफन्तको खोजी भइरहेको जनाएको छ।

लखनऊमा कोरोनाबाट मृत्यु हुनेहरुले जल्नका लागि पनि पालो कुनुपर्ने भयानक अवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *