विश्व नेपाली साहित्य सम्मेलन हुँदै

डिसी नेपाल
८ वैशाख २०७८ २१:०३

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले यही वैशाख १०, ११ र १२ गते भर्चुअल माध्यबाट ऐ विश्व नेपाली साहित्य सम्मेलन हुने आयोजक समितिले जनाएको छ। सम्मेलनमा विशिष्ट नेपाली साहित्यकार तथा समालोचकका साथै विश्वरभ छरिएका नेपाली साहित्य सर्जकहरुको सहभागिता रहने समाजका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिए।

सम्मेलनमा उद्घाटन सत्र, कविता विशेष सत्र, महिला विशेष सत्र, मातृभाषा विशेष सत्र, डायस्पोरा विशेष सत्र, आख्यान सत्र र छलफल तथा समापन सत्र गरी ७ विशेष सत्र रहने आयोजक समितिका संयोजक डा जानुका पौडेलले जानकारी दिइन्। सम्मेलन दुई दिनमा सम्पन्न गर्ने पूर्वतयारी भए पनि १ दिन थप गरी १२ गते छलफल तथा समापन सत्र गर्ने पनि समाजका महासचिव अर्जुन श्रीले बताए।

ूसम्मेलनको पहिलो दिन वैशाख १० गते उद्घाटन सत्रसँगै नेपाली कविता सिर्जनाः अनुभूतिका वहारहरु शीर्षकमा कवि सरुभक्त, कविता सिर्जनाका अन्तरवस्तुहरु शीर्षकमा डा तीर्थ श्रेष्ठ र कवितामा मौलिक बिम्वको प्रयोग शीर्षकमा कवि उपेन्द्र सुब्बाले आफ्ना सिर्जनाको साथ वक्तव्य राख्ने समाजका उपाध्यक्ष ईश्वर राइले जनाए।

कविता विशेष सत्रमा नेपाली कविताः बदलिदो परिवेश शीर्षकमा डा गीता त्रिपाठीको कार्यपत्र प्रस्तुत हुनुका साथै पुण्य कार्की, स्वप्निल स्मृति, सुदेश सत्याल, जीवन चामलिङ, विकास मगर, नवीन, विक्रम पवन परियार, असीम सागर, टीका आत्रेय, महेश कार्की क्षितिज, दीप सुदीप, जयन्ती मगर सरगम, लिला राना मगर, विक्रम याक्खा लगायतको कविता वाचन हुनेछ।

लोकसाहित्य विशेष सत्रमा नेपाली लोक साहित्यः पनरावृत्तिका आभासहरु शीर्षकमा डा प्रभा भट्टराईको कार्यपत्र प्रस्तुत हुनेछ भने दुर्गा भवानी भट्ट, उत्तम तुम्सा लिम्बुको कविता र टंक आलेमगरको लोककथा वाचन हुने भएको छ।

ूदोस्रो दिन वैशाख ११ गते महिला विशेष सत्रमा नेपाली साहित्यमा महिलाहरुको वर्तमान अवस्था, चुनौति र अवसरु शीर्षकमा डा रेणुका सोलुले कार्यपत्र प्रस्तुत गर्नेछन्। रचना वाचनमा उर्मिला निर्दोषी (अमेरिका), नीतु खतिवडा (इजरायल), नमिता दवाडी (न्युजिल्यान्ड), शुभद्रा थापा भन्डारी (अष्ट्रिया), लिली अधिकारी (नेपाल), दीक्षा भण्डारी (नेपाल), शुभलक्ष्मी कोईराला (नेपाल), इन्दिरा चामलिङ (बेल्जियम), सीता अधिकारी (नेपाल) रहने अन्तर्राष्ट्रिय नेपाली समाज महिला समितिका महासचिव सुभद्रा थापा भण्डारीले जानकारी दिइन्। यसैगरी मातृभाषा विशेष सत्रमा नेपालमा मातृभाषा साहित्यको अवस्थाः एक विवेचना शीर्षकमा डा तारामणि राईको कार्यपत्र प्रस्तुत हुनेछ र रचना वाचनमा बिजय दत्त मणि, प्रमोदकुमार पाण्डे, पवित्रा थापामगर, बिजय बलम्ताली, अरुण कोइमी, पुष्पहाङ लोहा, अर्पण उत्कर्ष, कुशुम गुरुङ रहनेछन्।

विश्वमा नेपाली साहित्य विस्तारका चुनौती र अग्रगामी मार्गहरुः शीर्षकमा डा बाबुराम खनाल, डायस्पोराका कथा व्यथा र भूमिकाः शीर्षकमा निलम कार्की निहारीका, डायस्पोरामा महिला साहित्य कथा, व्यथा र भूमिका शीर्षकमा गोवर्ध्दन पूजाको कार्यपत्र प्रस्तुत डायस्पोरा विशेष सत्रमा हुनको साथै सृजना वाचन डा मधुकृष्ण श्रेष्ठ माधुर्य, दीप पाठक, शकुन आँशु, दीपा राई पुन, जीवन खत्री, शरद पोख्रेल, प्रमोद सारंग, कृष्ण विश्वकर्मा, अजित क्षेत्री, हरिशरण परियार, जीवन खड्कामगर, नदिश, के वि पारखी र प्रतिमा केसी रहनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *