रोमाञ्चक खेलमा कोलकातामाथि चेन्नईको जित

डिसी नेपाल
८ वैशाख २०७८ २३:४६

काठमाडौं। भारतमा जारी आईपीएलमा चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ। मुम्बईको बांखडे मैदानमा भएको हाइ स्कोरिंग खेलमा चेन्नईले कोलकाता नाइटराइडर्समाथि १८ रनको जित हात पार्यो।

२२१ रनको लक्ष्य पछ्याएको कोलकाता ५ बल बाँकी रहँदा २०२ रन बनाएर अलआउट भयो। चेन्नईका दिपक चहरले पावरप्लेमै कोलकाताका शीर्ष ४ विकेट लिएर चेन्नईको जितको आधार तयार पारेका थिए। पहिलो खेल खेलिरहेको लुंगी एंगिडीले तीन विकेट लिए भने साम कुरेनले एक विकेट लिए।

कोलकाताका लागि पाट कमिंस र आन्द्रे रशेलले विस्फोटक ब्याटिंग गर्दै खेल नजिक पुर्याएका थिए। रशेलले २२ बलमा ५४ रन बनाए भने कमिंसले ३४ बलमा नटआउट ६६ रन बनाए। दुबैले ६–६ छक्का प्रहार गरेका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईका लागि फा डू प्लेसीले नटआउट ९५ रन बनाए भने ऋतुराज गायकवाडले ६४ रन बनाए।

जितसँगै चेन्नई अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ। उसको ४ खेलमा ६ अंक भएको छ। ३ खेलबाट ६ अंक जोडेको रोयल च्यालेन्जर्स बेंगलोर दोस्रो स्थानमा छ।

यसअघि बुधबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले जारी लिगमा पहिलो जित हात पारेको थियो। उसले पञ्जाव किंग्सलाई पराजित गर्दै अंक तालिकामा खाता खोलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *