नेपाली गीत संगीतमा डा.डि.आर उपाध्यायको ५१औं विश्व कीर्तिमान
काठमाडौँ । गीतकार डा.डि.आर (धर्मराज) उपाध्यायले नेपाली गीत संगीतमा आफ्नो ५१औं विश्व रेकर्ड बनाएका छन् । यसअघि गिनिज अफ वल्र्ड रेकर्ड सहित ३२ रेकर्ड बनाएका उनले सोमबार थप १९ विधामा नयाँ रेकर्ड कायम गरेका छन । राजधानीमा आयोजित एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. उपाध्यायलाई १९ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका छन । अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बंगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट बुक गरेर १९ फरक विधामा उनले यो पटक रेकर्ड बनाएका हुन् ।
सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत, एकै दिनमा चार वटा गीतको लेखन र रेकर्ड, १७५ देशका मुद्राहरुको नाममा गीत, क देखि ज्ञ सम्म ३४ वर्णको गीत लगायत रेकडएका लागि उनले गीत बनाएका छन् । ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत समेत रेकर्डमा परेका डिआरले कार्यक्रममा एल्बम चोट, प्रेयसी तथा गीतिसंग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभा समेत सार्वजनिक गरेका थिए । कार्यक्रममा पूर्व प्रधानमन्त्री चन्दले गीतसंगीतमा ५१ वटा विश्व रकेर्ड राख्ने डा। उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । उपाध्यायले हामी नेपालीहरु पनि साहित्य तथा गीतसंगीत सृजनामा विश्वका श्रष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गरिदिएको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment