त्रिदेशीय सिरिजः नेपालले पहिले ब्याटिङ गर्दै

डिसी नेपाल
९ वैशाख २०७८ १३:०२

काठमाडौं। किर्तिपुर मैदानमा जारी त्रिदेशीय टि–२० क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाबीच खेल हुँदैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ । सिरिजमा नेपाल, मलेसिया र नेदरल्याण्ड खेलिरहेका छन् ।

सिरिजमा नेपालले यसअघि ३ खेल खेलेकोमा मलेसिया र मलेसिया र नेदरल्याण्डलाई १–१ खेलमा पराजित गरेको छ र एक खेलमा नेदरल्याण्डसँग हारेको छ । यस्तै मलेसियाले नेदरल्याण्डसँग १ खेल हारेको छ । हिजो भएको मलेसिया र नेदरल्याण्डबीचको खेल बराबरी भएको थियो ।

सिरिजको फाइनल शनिबार हुँदैछ । समुह चरणमा १ खेल मात्र खेल्न बाँकी रहेको मलेसियाको १ अंक मात्र भएकोले फाइनलमा नेपाल र नेदरल्याण्ड खेल्ने तय भइसकेको छ । आजको खेल जितेमा नेपाल तालिकाको शीर्षमा रहँदै फाइनल जानेछ । आजको खेल बराबरी वा रद्द भए पनि नेपाल तालिकाको शीर्षमै रहनेछ । तर, हारेको अवस्थामा भने दोस्रो स्थानमा रहनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *