युवराज सिंहको सर्वाधिक छिटो टि–२० अर्धशतकको विश्वरेकर्ड बराबरी हुनै लाग्दा…

डिसी नेपाल
९ वैशाख २०७८ १४:५५

काठमाडौं। नेपाली अलराउण्डर करण केसी सर्वाधिक छिटो टि–२० अर्धशतकको विश्वरेकर्ड बनाउनबाट चुकेका छन् । उनीसँग यो विशाल विश्वरेकर्ड बनाउने अवसर थियो । तर, आफूले खेलेको १२ औं बलमा उनी चुके ।

टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो अर्धशतकको विश्वरेकर्ड भारतका अलराउण्डर युवराज सिंहको नाममा छ । २००७ को विश्वकपमा उनले इङल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए । यस क्रममा युवराजले स्टुआर्ट ब्रेडको एक ओभरमा सबै ६ बलमा छक्का हानेका थिए ।

आज नेपाल र मलेसियाबीच भएको खेलमा करण केसीलाई यो विश्वरेकर्ड बराबरी गर्ने अवसर थियो । क्रिजमा आएपछि करणले पहिलो बलमा १ रन लिएका थिए । दोस्रो बलमा कुनै रन लिन सकेनन् । तेस्रो र चौथो बलमा २ छक्का हानेका करणले पाँचौं बलमा लेग बाइ खेले ।

छैटौं बलमा छक्का र सातौं बलमा १ रन लिएका करणले आठौं, नवौं, दशौं र एघारौं बलमा लगातार छक्का प्रहार गरे । ११ बल खेल्दा ७ छक्का हानिसकेका करणको स्कोर ११ बलमा ४४ रन पुगेको थियो । १२ औं बलमा छक्का हान्न सकेको भए उनले युवराज सिंहको विशाल विश्वरेकर्डको बराबरी गर्न सक्ने थिए तर त्यो बलमा उनले १ रन मात्र लिन सके ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *