आईपीएलः विराटको आरसीबीको लगातार चौथो जित

डिसी नेपाल
९ वैशाख २०७८ २३:११

काठमाडौं। भारतमा जारी आईपीएलको बिहीबारको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि सानदार जित हात पारेको छ। १७८ रनको लक्ष्य पछ्याएको आरसीबीलीले १० विकेटले जित हात पार्यो। आरसीबीका लागि ओपनर देबदत्त पड्डिकल र कप्तान विराट कोहलीले रनको १८१ रनको साझेदारी गर्दै टिमलाई लगातार चौथो जित दिलाए।

ब्याटिंगका लागि सहज मानिएको मुम्बईको बाँखडेको पीचमा पड्डिकल र कोहलीले विस्फोटक ब्याटिंग गरे। कोहलीले ४७ बलमा ७२ रन बनाए भने पड्डिकलले ५२ बलमा १०१ रन बनाए। राजस्थानका बलरले रुन लुटाए। यसअघि टस हारेपछि पहिला ब्याटिंग गरेको राजस्थानले खराब शुरुआत गर।ेको थियो। उसले ३१ रनको स्कोरमै टप चार विकेट गुमाएको थियो। त्यसपछि शिवम दुबे र राहुल तेवतियाले खेललाई सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।

चौथो जितपछि आरसीबी ४ खेलमा ८ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा ६ अंक जोडेको चेन्नई दोस्रो स्थानमा झरेको छ। उता राजस्थान भने ४ खेलमा २ अंकसहित अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। जारी लिगमा आरसीबी हालसम्म अपराजित रहेको एकमात्र टिम हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *