नर्सलाई अर्कै दशा, आत्तिँदै पुगिन् प्रहरी कार्यालय, भारत पठाएको एटीएम कार्डबाट लाखौं ठगी

डिसी नेपाल
१० वैशाख २०७८ ९:४३

काठमाडौं । उनी काठमाडौंको एउटा निजी अस्पतालमा वरिष्ठ स्वास्थ्यकर्मीका रुपमा कार्यरत छिन्। पेशाले नर्स अप्सरा(नाम परिवर्तन) श्रेष्ठ कोरोना पीडितको उपचारका लागि पनि खटिएकी छिन्।

तर, केही दिनअघि उनलाई यस्तो दशा आइलाग्यो कि उनी आत्तिँदै प्रहरी कार्यालय पुग्नु पर्ने भयो। अपराध महाशाखा, काठमाडौंको कार्यालयमा पुगेकी उनले सुनाएको उनको आपत्ले प्रहरीलाई समेत झस्कायो।

नर्स श्रेष्ठले प्रहरीलाई सुनाएको कथा यस्तो थियो जसमा उनको बैंकको एटीएम कार्ड भारतमा प्रयोग भएको थियो। बैंकमा नाम उनको छ, एटीएम कार्ड उनको छ तर त्यसमा जम्मा भएको पैसा अरुले नै लैजान्छ।

लाखौं रकम जम्मा भइसकेको र सो रकमा भारतमा बसेर कसैले एटीएमका माध्यमबाट झिकेर खर्च भइसकेको थाहा पाएपछि उनी प्रहरी अपराध महाशाखा, बानेश्वर पुगेकी थिइन्। प्रहरीका अनुसार, घटनाक्रम ह्वाट्एपमा आएको एउटा अपरिचित कलबाट शुरु हुन्छ। भारतको नम्बरबाट नर्स श्रेष्ठको मोवायलमा फोन आउँछ।

उसले नेपालकै अरु महिलाहरु विशेषत अधबैंसे उमेरका महिलाहरुलाई लक्षित गरेर सम्पर्क शुरु गर्छ। र, उनीहरु पनि लगातार कुरा गरेर उपहार पठाइदिनेस्तरको सम्बन्ध बनाउँछ। यता र उता दुबैतिरबाट उपहार पठाउने सम्बन्ध बनिसकेपछि उसले भारतबाट निकै महंगो उपहार पठाइदिएको भन्दै ट्रयाकिंग नम्बरसमेत राखेर जानकारी पठाउछ। तर, महंगो उपहार भारतको भन्सारमै अड्एिको सूचना आउँछ।

अपरिचित नम्बर नै भए पनि विदेशबाट आउको कल उठाउँछिन्। निकै राम्रो अंग्रेजी भाषा बोल्न सक्ने लोग्ने मानिसले उताबाट बोल्छ। शुरुवात सामान्य चिनजानबाट हुन्छ। र, कुराकानी हरेक दिनजसो हुन शुरु हुन्छ। नर्स श्रेष्ठले प्रहरीलाई दिएको जानकारीअनुसार, १५ दिनजति हेलो, हाई सामान्य कुराकानी भइसकेपछि त्यो व्यक्तिले जिस्कन शुरु गर्छ, केही यौनजन्य कुराहरु गर्न खोज्छ।

उसको जिस्कने कुरा बढ्न थालेपछि नर्स श्रेष्ठले आफू विवाहित भएको बताउँछिन्। यौनजन्य कुरा गरेर आकर्षित पार्ने उसको प्रयास असफल हुने देखेपछि उसले आफ्नो दिदी वहिनी नभएकोले आफू दिदी बनाउन तयार रहेको बताउँछ। यसपछि दिदी भाइको सम्बन्ध अपरिचत व्यक्तिसँग ह्वाट्सएपबाटै शुरु हुन्छ। कुराकानी नियमित हुँदै जान्छ।

प्रहरीका अनुसार, अपरिचित विदेशी व्यक्तिसँग के कारणले यसरी दैनिक कुरा हुन सकेको हो भन्ने कुरा स्वयं श्रेष्ठ पनि बताउन सक्दिनन्। तर, ती व्यक्तिसँग कुराकानी निरन्तर हुन्छ। यसक्रममा त्यो व्यक्तिले आफूलाई भारतमा राम्रो व्यापारमा संलग्न भएको परिचय बनाएर विश्वासमा पर्छ। केही महिनाको कुरापछि त्यो व्यक्तिले सेन्टिमेण्टल कुरा शुरु गर्छ, आफ्नो व्यापार घाटा लागेको र करका इस्यूका कारण व्यापार बन्द गरिदिएको कथा सुनाउँछ।

र, व्यापार फिर्ता लिन सहयोगको अपेक्षा पनि गर्छ। सहयोगको माग पनि कस्तो भने नेपालमा चलाइरहेको एटीएम कार्ड त्यो पनि भएको पैसा सबै निकालेर शून्य पारेर दिए पुग्ने। पैसा नभएको एटीएम दिए त के नै होला र? एउटा पैसा नभएको कार्ड पठाइदिँदा उसको व्यापार पुन चालु हुन्छ भने सहयोग गरौं न त भन्ने भावना आउँछ र उनी त्यो मानिसले दिएको ठेगानामा पैसा नभएको तर चालु खाता रहेको एटीएम कुरियर गरेर पठाउँछिन्।

एटीएम पाएपछि त्यो मानिसको अर्को धन्दा शुरु हुन्छ। उसले नेपालकै अरु महिलाहरु विशेषत अधबैंसे उमेरका महिलाहरुलाई लक्षित गरेर सम्पर्क शुरु गर्छ। र, उनीहरु पनि लगातार कुरा गरेर उपहार पठाइदिनेस्तरको सम्बन्ध बनाउँछ। यता र उता दुबैतिरबाट उपहार पठाउने सम्बन्ध बनिसकेपछि उसले भारतबाट निकै महंगो उपहार पठाइदिएको भन्दै ट्रयाकिंग नम्बरसमेत राखेर जानकारी पठाउछ। तर, महंगो उपहार भारतको भन्सारमै अड्एिको सूचना आउँछ।

सामान लिने भए भन्सार शुल्क तिर्नुपर्ने खबर भारतबाट फोनमा भनिन्छ। लाखौंको उपहार छ, भन्सार शुल्क त तिरौं भन्ने बनाएर सो गिरोहले नेपालबाट पैसा लिन्छ र सो पैसा नर्स श्रेष्ठले पठाएको एटीएम कार्डको खाता नम्बरमा जम्मा हुन्छ। नेपालबाट पैसा सो एटीएमको खातामा जम्मा हुनासाथ झिकिएको देखिएको प्रहरीले जनाएको छ।

भारतको भन्सारलाई लाखभन्दा बढी रकम पठाए पनि आफ्नो उपहार नेपाल आइनपुगेपछि एकजना अधबैंसे महिलाले बैंकमा पुगेर आफूले जम्मा गरिदिएको खाता नम्बरको खाता धनीबारे सोधखोज गरिन्। उनले सोध खोजपछि नर्स श्रेष्ठलाई फोन नम्बर खोजेर सम्पर्क पनि गरिन्। त्यसपछि यसरी पैसाजम्मा गर्ने अरुको पनि फोन आउन थाल्यो। अनि नर्स श्रेष्ठ अत्तालिइन्।

आफूसँग जिस्कने, मिठा कुरा गर्ने र दिदीको नाता लगाएर अन्तर्राष्टिय भाइ बनेको व्यक्तिले लिएको आफ्नो एटीएम कार्ड ठगीमा दुरुपयोग भएको थाहा पाइन्। अनि आत्तिँदै उनी प्रहरीमा त पुगिन्। तर, प्रहरीसँग पनि सो व्यक्ति को हो? कहाँबाट त्यो ह्वाट्सएप चलाउँछ भन्ने यकिन जानकारी लिनसक्ने आधार केही छैन। किनकि भारतकै नम्बर भएपनि ह्वाट्सएप जहाँ बसेर पनि चलाउन सकिन्छ।

एटीएम कुरिएर गर्नका लागि दिएको ठेगाना पनि सार्वजानिकस्थल पाइएको प्रहरीले जनाएको छ। नर्स श्रेष्ठले आफ्नो त्यो एटीएम र सम्बन्धित बैंक खाता बन्द त गरिसकिन् तर उनको नाममा रकम जम्मा गरेर ठगिएकाहरुले रकम फिर्ता पाउने अवस्था बनेको छैन।

प्रहरीले यसरी ठगी गर्नेहरुले अधबैंसे महिलाहरुसँग फेसबुक र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने र सामाजिक सञ्जालमा भएका तस्वीरहरु फोटोसपमार्फत नग्न बनाई धम्क्याएर रकम वार्गेनिङ गर्नेसमेत गरेको पाएको छ। नाइजेरियालगायतका मुलुकका केही ठगहरुले यस्तो धन्दा चलाएको सामान्य आंकलन प्रहरीलाई भए पनि उनीहरु को हुन् भन्ने पत्ता लगाउने ठोस आधार प्रहरीले भेट्न सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *