मुम्बई इण्डियन्सको लगातार दोस्रो हार, पञ्जावको सहज जित

डिसी नेपाल
१० वैशाख २०७८ २३:२०

काठमाडौं। भारतमा जारी आईपीएलको शुक्रबारको खेलमा पञ्जाव किंग्स विजयी भएको छ। उसले मुम्बई इण्डियन्समाथि ९ विकेटको सहज जित हात पारेको हो। चेन्नईको चेपक मैदानमा मुम्बईले पञ्जावलाई १३२ को सामान्य लक्ष्य दिएको थियो। पञ्जावले एक विकेट गुमार १७ ओभर ४ बलमा लक्ष्य पूरा गर्यो।

पञ्जावका लागि कप्तान केएल राहुलले नटआउट ५६ रन बनाए भने क्रिस गेलले नटआउट ४३ रन बनाए। ओपनर मयंक अग्रवालले २५ रन बनाएका थिए। मुम्बईका लागि राहुल चाहारले एकमात्र विकेट अग्रवालका रुपमा प्राप्त गरे।

यसअघि पञ्जावका बलरले कसिलो बलिंग गर्दा मुम्बईले ६ विकेटमात्र १३१ रन बनाएको थियो। मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रन बनाउनु बाहेक अन्यले राम्रो स्कोर गर्न सकेनन्। पञ्जावका लागि रवि विश्नोइ र मोहम्मद शामीले दुई दुई विकेट लिएका थिए।

जारी लिगमा मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि चेपकमै दिल्ली क्यापिटल्सले मुम्बईलाई पराजित गरेको थियो। पञ्जावको भने जारी लिगमा दोस्रो जित हो। दुबै टिमले पाँच पाँच खेलमा दुई दुई जित हात पारेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *