त्रिदेशीय सिरिजको फाइनलमा नेपालले पहिले ब्याटिङ गर्ने

डिसी नेपाल
११ वैशाख २०७८ १३:०१

काठमाडौं। त्रिदेशीय टि–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । किर्तिपुर मैदानमा आज सवा १ बजेदेखि सुरु हुने खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । सिरिजको समूह चरणका ४ मध्ये ३ खेल जितेर तालिकामा शीर्ष स्थानमा रहँदै नेपाल आज फाइनलमा पुगेको हो ।

समूह चरणमा नेपालले नेदरल्याण्डसँग पहिलो खेल जितेको छ भने दोस्रो हारेको छ । मलेसियासँग भने दुवै खेल जितेको छ । नेदरल्याण्डले एक खेलमा मलेसियालाई जितेको थियो भने एक खेल नाटकीय रुपमा बराबरी भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *