छक्काको साथमा कुशल भुर्तेलको चौथो अर्धशतक

डिसी नेपाल
११ वैशाख २०७८ १४:१९

काठमाडौं। नेपाली युवा ब्याट्सम्यान कुशल भुर्तेलले त्रिदेशीय सिरिजमा चौथो अर्धशतक प्रहार गरेका छन् । फाइनल खेलमा कुशलले ४३ बलमा ५ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । उनले छक्का हान्दै अर्धशतक पूरा गरेका छन् ।

यसअघि भुर्तेलले सिरिजको पहिलो खेलमा नेदरल्याण्डविरुद्ध ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध नटआउट ६१, तेस्रो खेलमा नेदरल्याण्डविरुद्ध ६२ रन बनाएका थिए । मलेसियाविरुद्धको चौथो खेलमा भने उनले अर्धशतक बनाउन सकेका थिएनन् । डेब्यूपछि लगातार तीन खेलमा कुशलले बनाएको अर्धशतक आफैंमा विश्वरेकर्ड हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *