नेपालको रेकर्ड स्कोर, नेदरल्याण्डलाई २३९ रनको विशाल लक्ष्य
काठमाडौं। नेपालले नेदरल्याण्डलाई २३९ रनको विशाल लक्ष्य दिएको छ । कुशल भुर्तेल र कुशल मल्लको शानदार अर्धशतक प्रेरित नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको हो । यो नेपालको टि–२० क्रिकेट इतिहासमै सर्वाधिक स्कोर हो ।
नेपालको लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ७७ रन बनाए । ५३ बल खेलेका उनले ७ चौका र तीन छक्का हाने । कुशल मल्लले २४ बलमा ५० रन बनाए । दिपेन्द्र सिंह ऐरीले ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए । नेदरल्याण्डका लागि फिलिप बोइसभेनले २ र सब्सटियान ब्राटले १ विकेट लिए । अब केहीबेरमा नेदरल्याण्डले ब्याटिङ थाल्नेछ ।
प्रतिक्रिया
Facebook Comment