मलेसियामा विश्व साहित्य सम्मेलन

डिसी नेपाल
११ वैशाख २०७८ १५:२६
56
Shares

क्वाललम्पुर। अन्तर्राष्टिय नेपाली समाज (इन्स), अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिकोे संयुक्त पहलमा आयोजित ३ दिने विश्व नेपाली साहित्य सम्मेलनको पहिलो दिन उद्घाटन सँगै अन्य ३ चरणका कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यका साथ संसारभरका नेपाली भाषा तथा मातृभाषा साहित्यमा कलम चलाउने स्रष्टाहरूलाई समेट्दै भर्चुअल रूपमा सम्मेलनको आयोजना गरिएको हो।

उद्घाटन सत्र कार्यक्रममा पोखरा विश्व विद्यालयका उपकुलपति तथा प्रमुख अतिथि प्राडा प्रेमनारायण अर्यालले भोजपुरी भाषामा लेखिएको कविता सुनाउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे। उद्घाटन कार्यक्रममा डा तुलसी भट्टराई, अनेसासका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष गीता खत्री, अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल र गैर आवासीय नेपाली सँघका भाषा, साहित्य, कला र संकृति प्रमुख हिक्मत थापाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता अन्तर्राष्टिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरेले गरेका थिए। महासचिव अर्जुन श्रीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष ईश्वर राईले कार्यक्रममाथि प्रकाश पारेका थिए। महिला समिति महासचिव शुभद्रा भण्डारी थापाले स्वागत मन्तव्य राखेकी थिइन्।

अन्तर्राष्ट्रिय नेपाली समाजले आयोजना गरेको विश्व साहित्य सम्मेलनको पहिलो दिनको दोस्रो सत्रमा कविका कुरा कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तर्राष्ट्रिय नेपाली समाज महिला समितिका सचिव लिली अधिकारीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कवि सरुभक्तले समसामयिक कविता वाचन गरेर सुनाउँदै ‘नेपाली कविता सिर्जनाः अनुभूतिका बहारहरू’ विषयवस्तुमा आफ्ना धारणा व्यक्त गरेकी थिइन्। त्यस्तै अर्का वरिष्ठ कवि उपेन्द्र सुब्बाले ‘कवितामा मौलिक बिम्बको प्रयोग’ विषयवस्तुमा आधारित रहेर आफ्ना विचार प्रस्तुत गरे।

अन्तर्राष्ट्रिय नेपाली समाजले आयोजना गरेको विश्व साहित्य सम्मेलनको पहिलो दिनको तेस्रो सत्रमा कविता विशेष सत्र कार्यक्रम सञ्चालन गरिएको थियो। अन्तर्राष्ट्रिय नेपाली समाज महिला समितिका महासचिव सुभद्रा भण्डारी थापा र अर्का सदस्य सीता थुलुङले संयोजन गर्नुभएको कार्यक्रममा विषयविज्ञ डा गीता त्रिपाठीले ‘नेपाली कविताः बदलिँदो परिवेश’ शीर्षकमा आधारित रहेर कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा जयन्ती मगर, स्वप्निल स्मृति, पुण्य कार्की, टीका आत्रेय, सुदेश सत्याल, महेश कार्की क्षितिज, लीला राना मगर, दीप सुदीप, असीम सागर, जीवन चाम्लिङ, विक्रम याक्खालगायतले आ(आफ्ना रचना वाचन गरेका थिए।

अन्तर्राष्ट्रिय नेपाली समाजले आयोजना गरेको विश्व साहित्य सम्मेलनको पहिलो दिनको चौथो सत्रमा लोक साहित्य विशेष सत्र कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको सुरुमा दुर्गा भवानी भट्टले लोक गीत सुनाएका थिए। कार्यक्रममा लोकसाहित्य बिज्ञ प्रभा भट्टराईले ‘नेपाली लोक साहित्यः पुनरावृत्तिका आभासहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।

समग्रमा कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको सबैको टिप्पणी रह्यो। विशेष गरेर विषयगत कार्यपत्रहरू असाध्यै प्रभावकारी थिए। समीक्षात्मकरूपमा समाजका अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, उपाध्यक्ष ईश्वर राई तथा ईन्स महिला समितिका अध्यक्ष डा रेणुका सोलु तथा महासचिव सुभद्रा भण्डारीको रचनात्मक समालोचनाले आगामी दिनको कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन हौसला मिलेको पाइन्छ। सम्मेलन आयोजना समितिका संयोजक डा जनुका पौडेल, सहजकर्ता लिली अधिकारी तथा सीता थुलुङको सक्रियता सह्यनीय र प्रशंसनीय रह्यो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *