नेपालको जित विश्व टि–२० मा पाँचौं ठूलो, नेपालभन्दा अगाडि ४ वटा मात्र टेस्ट राष्ट्र

डिसी नेपाल
११ वैशाख २०७८ १६:४७

काठमाडौं। नेपालले आज नेदरल्याण्डमाथि हासिल गरेको जित रनका हिसाबले विश्वमै पाँचौं ठूलो जित बनेको छ । हुन त यसअघि पनि पाँचौं स्थानमा नेपाल नै थियो । नेपालले आज आफ्नै रेकर्ड तोडेको छ । विशाल जितको सूचिमा नेपालभन्दा माथि ४ वटा मात्र टेस्ट राट्र छन् । नेपालले आज नेदरल्याण्डमाथि १४२ रनको जित हात पारेको हो ।

टि–२० अन्तर्राष्ट्रियमा रनका हिसाबले सबैभन्दा ठूलो जित चेक रिपब्लिकको नाममा छ । उसले टर्कीलाई २५७ रनले पराजित गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको रोमानियाले पनि टर्कीलाई १७३ रनले पराजित गरेको छ । यस्तै तेस्रो स्थानको श्रीलंकाले केन्यालाई १७२ रनले पराजित गरेको छ ।

चौथो स्थानमा पाकिस्तान र भारत संयुक्त रुपमा छन् । दुवैले आफ्नो विपक्षीलाई नेपालले भन्दा केवल १ रन बढीले जितेका छन् । भारतले आयरल्याण्डलाई र पाकिस्तानले वेष्ट इण्डिजलाई १४३ रनले पराजित गरेका छन् । सूचीमा नेपालभन्दा पछि पनि नेपाल नै छ । यसअघि नेपालले २०१९ मा भुटानलाई १४१ रनले पराजित गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *