गायक राजु लामाले आरोहण गरे लाेबुचे शिखर
काठमाडौं। गायक राजु लामा लोबुचे पिक शिखर आरोहण गरेका छन्। उनले शनिबार ६११९ मिटर अग्लो लाेबुचे शिखर आरोहण गरेका छन्। गायक लामाले आफ्नो फेसबुकमा आफूले लाेबुचे शिखर आरोहण गरेको जानकारी दिएका छन्।
उनले शनिबार बिहान सवा १० बजे शिखर आरोहण गरेको बताएका छन्। उनले शिखर आरोहणको जानकारीसहित केही तस्वीरहरु पनि सार्वजनिक गरेका छन्।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment