बञ्चरो प्रहारबाट ५० वर्षीय सापकोटाको मृत्यु

डिसी नेपाल
१२ वैशाख २०७८ १३:५२
152
Shares

काठमाडौं। कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार कैलाश–३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो।

अभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ। अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने’ विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *