कोविड भ्याक्सिन बारे गलत सूचनाबाट बच्न प्रमुख शाक्यको आग्रह

डिसी नेपाल
१२ वैशाख २०७८ १४:१४

काठमाडौँ। कोविड भ्याक्सिन बारे आउने गलत सूचनाबाट बच्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जनसाधारलाई अनुरोध गरेका छन्।

टेकु अस्पतालमा पुगेर कोविड विरुद्ध दोस्रो खोप ‘कोभिशिल्ड’ लिइसकेपछि प्रमुख शाक्यले कोविड विरुद्ध लड्न सबैले नियमित मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, साबुन पानी नभएको ठाउँमा स्यानिटाइजरको प्रयोग गर्न, भीड नगर्न र भीड हुने ठाउँमा नजान अनुरोध गर्दैँ कोविड भ्याक्सिनका बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका हुन्।

‘पहिलो चरणमा ६५ बर्ष माथिका पाका उमेरका व्यक्तिहरुले खोप लगाउँदा खोप केन्द्रमा पुगेर मैले उहाँहरुसँग कुरा गरेको थिएँ। यसरी कुरा गर्दा कसैले पनि खोपबाट असर भएको कुरा भन्नुभएन,’ शाक्यले भने, ‘उहाँहरुले नभनेको मात्र होइन, खोप लगाएका व्यक्तिलाई समस्या भएर अस्पताल लानु परेन।’

प्रमुख शाक्यले भ्याक्सिनका बारे थप्दै भने, ‘विकसित मुलुकका जनताले पैसा तिरेर पनि पाउन नसकेको खोप नेपाल सरकारले जनताका लागि निःशुल्क उपलब्ध गराएको छ। सरकारको यो कदममा सबैको साथ चाहिन्छ।’

खोप लिएपछिको अनुभव सुनाउँदै प्रमुख शाक्यले, खोप लाएर आफूलाई कुनै पनि खालको स्थास्थ्य प्रतिकुलता नभएको, खोपपछि नियमित काममा गएको बताए। महामारीबाट बचाउन अहिलेसम्मको यो उत्तम विकल्प हो। सरकारले तोकेको लक्षित समूह र तालिका हेरेर आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन उनको आग्रह छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *