एकै दिन ३ हजारभन्दा धेरै संक्रमित थपिए, काठमाडौंमा ११३२ संक्रमित, २८ जनाकाे मृत्यु

डिसी नेपाल
१२ वैशाख २०७८ १६:३३

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजारभन्दा धेरै कोरोना संक्रमणका केस पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१२२ जना संक्रमित भएका छन्। यस्तै २८ जनाकाे मृत्यु भएकाे छ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२९० जनाको पीसीआर परीक्षण गर्दा ३०३२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२ जना, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्। यस्तै हाल भेन्टिलेटरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ। चिकित्सकहरुले बेलायती भेरिअन्टको भाइरस तिब्र रुपमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन्। जानकारहरूले नेपालमा हाल २४१ प्रतिशतका दरले संक्रमणा भइरहेकाे बताएका छन्। मन्त्रालयले पछिल्लाे एक हप्तामा १० हजार संक्रिमत भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *