सबै परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय
काठमाडौं। कोरोना संक्रमण बढेपछि सरकारले हाल चलिरहेका सबै किसिमका परीक्षा स्थगित गरेको छ। आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले अहिले जारी रहेका विद्यालय र विश्वविद्यालयका सबै परीक्षाा स्थगित गर्ने निर्णय गरेको हो।
अहिले ब्याचलरको परीक्षा चलिरहेको छ भने विद्यालयमा पनि परीक्षाको तयारी भइरहेको छ। सीसीएमसीको यो निर्णयसँगै सबै परीक्षा स्थगित भएका हुन्। हाल नेपालमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। आइतबारमात्र ३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने २८ जनाको मृत्यु भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment