केदार कोइराला बलात्कारी ठहर, सजाय तोकिन बाँकी
काठमाडौं। केदार कोइराला बलात्कारी ठहर भएका छन्। आफ्नै घरमा बसेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई उच्च अदालत पाटनले आइतबार बलात्कारी ठहर गरेको हो।
उच्च अदालत पाटनका न्यायाधीश अच्युति विष्ट र नबराज थपिलयाको सँयुक्त इजलासले उनलाई बलात्कार ठहर गरेको हो। तर अदालतले उनको सजाय भने तोकिसकेको छैन। पेशाले पत्रकारसमेत रहेका कोइराला पीडितको किटानी जाहेरीमा २०७४ मा पक्राउ परेका थिए। तर, जिल्ला अदालत काठमाडौंको आदेशबाट उनी छुटेका थिए। आइतबार उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उल्ट्याइदिएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment