काठमाडौंमा निषेधज्ञाकाे संभावना, सार्वजनिक यातायात र हवाई उडान बन्द गरिने!
काठमाडौं। संघीय राजधानी काठमाडौँका तीन वटै जिल्लामा निषेधाज्ञा लागू हुने भएको छ। कोरोना संक्रमण दर तिव्ररुपमा फैलिन थालेसँगै यसको नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लगाउने विषयमा अहिले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी छ।
यो बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णयमा छलफल गरिरहेको स्रोतले जनाएको छ। आगामी बैशाख १६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प बन्द गरिने छ भने अत्याआवश्यक बाहेकका सवारी साधन मात्रै चल्न पाउने छन्। यस्तै आन्तरिक र बाह्य हवाई उडान बन्द गर्ने तयारी पनि गरिएको स्रोतले जनाएको छ।
यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सक्रिय संक्रमित र जोखिमलाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठूला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो।
काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा नयाँ संक्रमित फेला परेका थिए। यस्तै आज मन्त्री परिषद बैठक पनि बस्दै छ। यसले आइतवार बसेको सीसीएमसी बैठकले गरेका निर्णयहरुमा विचार गर्ने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment