गण्डकी सत्तासंघर्षः अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित, रोकियो अविश्वास प्रस्तावमाथिको मतदान

डिसी नेपाल
१५ वैशाख २०७८ १७:११
176
Shares

काठमाडौं। आफ्ना सांसद हराएको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभको बैठक स्थगित गर्न माग गरेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सूचना टाँसेर बैठक स्थिगित गरिएको हो। बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध विपक्षीहरुले ल्याएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो।

तर, विपक्षीलाई सहयोग गर्ने जनाएको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि घटनक्रमले नाटकीय मोड लिएको हो।

आफ्ना पार्टीका सांसद खिमविक्रिम शाहीको अवस्था अज्ञात रहेको भन्दै जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले सभामुख समक्ष बैठक रोक्न माग गर्दै निवेदन दिएकी थिइन्। त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक चलाएनन्। त्यसपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो।

उता बैठकमा अनुपस्थित सांसद शाही पोखरास्थित चरक मेमोरियल अस्पतालको आईसीयूमा भर्ना भएको उनका स्वकीय सचिब मिलन हमालले फेसबुकमार्फत जानकारी दिएका छन्। उनले बुधबार दिउँसो अचानक बिरामी परेपछि अस्पताल भर्ना गरिएको तर, चिन्ता मान्नुपर्ने केही नभएको उल्लेख गरेका छन्।

तर, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही विरामी नभएका सांसद शाहीलाई उपचारको नाममा अस्पतालमा कसैलाई भेट्न नदिएर गुण्डागर्दी गरिएको आरोप लगाएका छन्। ट्वीटरमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारी गुण्डागर्दी गरिएको आरोप लगाएका छन्।

अविश्वासको प्रस्तावमाथिको छलफल रोकिएसँगै मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ। भने अविश्वास प्रस्ताव असफल हुने विपक्षीहरुको चिन्ता पनि तत्कालका लागि टरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *