अक्सिजनको मात्रा कम भएपछि पूर्व रानी कोमलको आइसियूमा उपचार हुँदै

डिसी नेपाल
१६ वैशाख २०७८ ११:०५

काठमाडौं। कोरोना संक्रमणको उपचार गराइरहेकी पूर्व रानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा चार दिनदेखि उपचाररत पूर्व रानी कोमलको अक्सिजनको लेभल घटेसँगै आइसियूमा राखेर उपचार थालिएको नर्भिक अस्पताल स्रोतले जनाएको छ।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणाको स्वास्थ्य भने सामान्य रहेको अस्प्तालले जनाएको छ। तर पूर्व राजा ज्ञानेन्द्रलाई भने अक्सिजनकै सपोर्टमा राखिएको छ।

भारतकाे हरिद्वारमा भएकाे कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किएपछि पूर्व राजा र रानीमा काेराेना पुष्टि  भएकाे थियाे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *