स्वास्थ्य परामर्श चाहनेका लागि ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ सेवा

डिसी नेपाल
१६ वैशाख २०७८ ११:१२

काठमाडौं । स्वास्थ्य परामर्श चाहनेको लागि जीजी कर्पोरेसन प्रालिले ‘ह्याप्पी माइन्डस् डट हेल्थ’ सेवा सुरु गरेको छ । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले जीजीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी उक्त सेवाको सुरुवात गरेको हो ।

गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले यसको औपचारिक उद्घाटन गर्दै सही समयमा सही सेवा सुरु गरेको भन्दै सफलताको कामना गरिन् । साथै, उनले युवाहरुलाई अनिवार्य रुपमा ध्यान गर्न सुझाव दिँदै संगीतले पनि थेरापीको काम गर्ने बताइन् । उनले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको ख्याल गर्न सबैलाई आग्रह गरिन् ।

उक्त संस्थाले सञ्चालनमा ल्याएको यो सेवाले मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गर्ने जनाएको छ । मनोचिकित्सक डा.सुरज शाक्यको नेतृत्वको ह्याप्पी माइण्डसमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् ।

कार्यक्रममा डा.शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या निकै बढेर गएकोले सम्बन्धित निकायले सम्बन्धित व्यक्तिहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे । मानसिक समस्यालाई समयमै सम्बोधन नगर्दा डिप्रेसन तथा आत्महत्याका घटनाहरु पनि बढ्दै गएको भन्दै उनले आफ्नो परिवारका सदस्य तथा साथीहरुमा त्यस्तो समस्या देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क राख्न र विज्ञहरुबाट परामर्श लिन आग्रह गरे ।

ह्याप्पी माइन्डस्की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि उक्त सेवा सुरु गरिएको बताइन् । उनले कोरोना संक्रमण फैलिएसँगै विश्वभरि मानसिक समस्या विकराल बनिरहेको समस्याको न्यूनिकरण र निराकरणका लागि युवाहरूको टिम मिलेर ह्याप्पी माइन्डस् सुरु गरेको जानकारी गराइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *