शान्त र सुनसान काठमाडाैंकाे सडकमा अमिलाे र अशान्त मन

सम्भव सिंह ठकुरी
१६ वैशाख २०७८ १४:५६

काठमाडौं। मुलुकको सघीय राजधानी काठमाडौं आज सुनसान छ। सरकारले आजैदेखि लागू हुने गरी १४ दिनसम्म निषेधाज्ञा जारी गरेपछि राजधानीका सधैं व्यस्त हुने सडक र सार्वजानिक स्थलहरु सुनसान बनेका छन्।

बैसाखको नेपाली नयाँ वर्षलाई स्वागत गर्न सधैं आतुर हुने राजधानी अघिल्लो र यस वर्ष कोरोनाका कारण सुनसान बन्न पुग्यो। सुन्दर नेपालको अवलोकन गर्न आउने लाखौँ देश विदेशका पर्यटक र हिन्दु धर्मालम्वीहरुको आस्थाको मन्दिर दर्शन गर्न आउने तिर्थालुहरुको भीडभाडले भरिएको हुन्थ्यो।

नयाँ वर्षको पहिलो महिना भएकाले हरेक मानिसले आफ्नो जीवन सफलताको संकल्प गरेका हुन्थे। कोही चन्द्रागिरिबाट सुन्दर हिमालसँग रमाएका हुन्थ्यो भने कोही नगरकोटको शितल हावामा रमाउदै बसन्त ऋतुको फूलमा भुलिएका हुन्थ्ये।

बसन्त ऋतुको महिना भए पनि परिस्थिति शिषिर झै उजाड बनिदियो। नयाँ वर्षको आगमन भएसँगै सांगीतिक महोत्सवमा रमाउने संगीत पारखीहरुको लागि संगीतका कन्सर्टहरु बन्द भए। युवा पुस्तालाई आकर्षण गर्ने सांगीतिक क्लवहरु पनि बन्द भए।

नयाँ वर्षको भित्तेपात्रोसँगै साटिएका शुभकामनाका पुष्प गुच्छाको रौनक पहिले जस्तो हुन सकेन। सुनसान सडक, सुनसान मन्दिर, शान्त पशुपति,शान्त स्वयम्वु र बौद्ध। र, केही कामले हिँडेका सवारी साधनलाई सोधपुस गरिरहेका प्रहरी यस्तै यस्तै देखियो निषेधाज्ञाको पहिलो दिनको दृश्य।

सडक शान्त भए पनि मन शान्त भएन

बैसाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ विहानदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गर्यो। कोरोना नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै निषेधाज्ञा घोषणा भएसँगै सोही दिनको साँझबाट काठमाडौंका बस काउन्टरहरु भरिन थाले।

२०७६ साल चैत ११ गतेबाट लकडाउनको घोषणा भएपछि घर जानका लागि बसमा जुन सास्ती भोग्नु परेको थियो। यो वर्ष पनि त्यस्तै सास्ती भोग्नु पर्यो सर्लाहीका विवेक यादवले।

यादव विद्यार्थी हुन्। २०७६ सालको लकडाउन घोषणा हुन साथ काठमाडौंमा बस्दै गरेको डेरा यथावत छाडी घर गएका थिँए तर चैतदेखि कात्तिकसम्म काठमाडौं फर्कन सहज नभएपछि ६ महिनाको भाडा तिर्ने बेला घरबेटीले आफ्नै समस्या सुनाउँदै एक रुपैँया पनि छुट नदिएको यादव बताउँछन्।

उनी भन्छन्, ‘यही भयले यस पटकको निषेधाज्ञामा डेरानै छोड्ने निर्णय गरेँ। तर कोठाका सामान कहाँ व्यवस्थापन गर्ने? चिन्ता बढ्न थाल्यो। धेरै फर्निचर पसलहरु पनि बन्द भएका थिए। केही खुलेका पसलेपनि मेरो प्रष्ट नेपाली भाषा बोल्न नसक्ने समस्याका कारण आवश्यक भन्दा थोरै मूल्य भनेपछि म त्यसै फर्किएँ।’

उनले अगाडि भने, ‘छिमेकी डेरामा बस्नेहरुलाई पनि मेरै जस्तो चिन्ता र समस्या थियो आखिर घर त जानुनै थियो। फर्निचरका सबै सामान कोठामै छाडेर अरु समान लिएर जाने निर्णय गरेँ। तर बस पार्क सम्म सामान पुर्याउन पनि मलाई अर्को गाडी आवश्यक पर्ने भयो।’
निषेधाज्ञा कहिलेसम्म लम्बिने हो भन्ने निश्चिन नभएपछि घर हिँडेका यादवले आफ्नो कथा यसरी सुनाए।

गाडीबालाले सामान्य दिनहरुमा नयाँ वानेश्वरबाट आठ सयदेखि हजार रुपैयाँमा लाने गर्दथ्यो। तर यो बेला गाडीबालाले पनि बिचौलिया व्यवहार गर्यो। न्युनतम दर भन्दा अत्याधिक धेरै २५०० रुपैयाँमा मात्र लाने नत्र नजाने भनेपछि म सँग अन्य विकल्प थिएन साँझ परिसकेको थियो यही विकल्प अपनाएर कलङ्की सम्म पुँगे।

सर्लाहीबाट आएको बस साँझ ७ बजे सम्म काठमाडौंको कलङ्की आएर तुरुन्तै सर्लाहीनै फर्कने फर्किने यात्रु र बस काउन्टरबीच सहमति भएको थियो। म निर्धारित समय भन्दा १५ मिनेट अगाडिनै कलङ्की पुगेको थिएँ। तर कलङ्कीमा अत्याधिक सवारी जाम थियो। यात्रुहरु कुनै हाट मेलामा बजार भर्न गएझै अस्तव्यस्त घुईँचो थियो।

ट्राफिक प्रहरीहरु भिड र गाडी व्यवस्थापन गर्न बेस्सरी सिटी फुक्दै थिए। सबैलाई घर चाँडो पुग्न मात्र हतार थियो। सरकारले कोरोना नियन्त्रण गर्ने भनेर निषेधाज्ञा गर्यो। तर जनताको त्यो भिड र दुखले कोरोना भन्दा अर्को ठुलो सास्ती खेपिरहेको दृश्य थियो।

म आफ्नो बसको प्रतिक्षामा थिएँ, म सँगै सडक छेउमा केही बृद्ध, बृद्धा र केही ससना केटाकेटी पनि बसकै पर्खाईमा थिए। बस निर्धारित समयसम्म पनि नआउँदा घडीको सुईनै ढिलो चलेको महसुश भएको थियो। गर्मीका याम र फोहोरले होला लामखुट्टेसँग पनि ठूलो संघर्ष गर्नुपरेको थियो।

बस ड्राईभरले आँउदै छु भनेर आश्वासन त दिन्थ्यो तर आउँदैन थियो। मेरो प्रतिक्षाको घडीको सुई ढिलो चले झैं लाग्ने भ्रम यर्थाथमा परिणत भयो। बस प्रतिक्षा गर्दा गर्दै सडक छेउमै बिहान ५ बजे सम्म कुर्नु द्दपर्यो। ट्राफिक व्यवस्थापन गर्न नसकेर यात्रुहरुले दुख पाएको यो पहिलो घटना हैन र मलाई लाग्छ अन्तिम घटना पनि हैन।

ट्राफिक व्यवस्थापन र नागरिकलाई आफ्नो घर सुरक्षित जाने वातावरण र व्यवस्थापन गर्न नसक्ने सरकारले जनताको स्वस्थ्यमा संवेदनशिल हुन्छ भनेर कसरी पत्याउने? उनको आक्रोश छ। बिहान ९ बजे सम्म काठमाडौंको नाग ढुङ्गाको जाममै छु कतिबेला घर पुग्छु थाहा छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *