कोरोनाका कारण मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, सक्रिय संक्रमित ३४ हजार बढी

डिसी नेपाल
१६ वैशाख २०७८ १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ३५ जनाको मृत्यु भएको छ । यो हालसम्मकै सबैभन्दा बढी मृत्यु भएको तथ्यांक हो । यसअघि सबैभन्दा बढी २८ जनाको मृत्यु भएको तथ्यांक थियो ।

बिहिबार थप ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ५९७ जनाको पीसीआर परिक्षण गर्दा ४ हजार ८३१ जनामा र ९६३ जनाको एन्टीजेन परिक्षण गर्दा ९७ जनामा गरी ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार २१६७ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २४६ जनाको मृत्यु भएको छ ।

यस्तै, हालसम्म ५९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २४ लाख ५८ हजार ५६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *