विश्वमा कोरोना : भारतमा २४ घण्टामा पौने ४ लाख बढी संक्रमित थपिए

डिसी नेपाल
१७ वैशाख २०७८ ६:४०

काठमाडौं। गत २४ घण्टामा विश्वभरमा ८ लाख ७५ हजार १ सय ४६ जना कोरोनाका संक्रमित थपिएका छन्। तथ्यांक अनुसार सबैभन्दा बढी भारतमा पौने ४ लाख भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन।

भारतमा गत २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ जना कोरोनाका संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ५४ हजार ९सय २५ पुगेको छ। गत २४ घण्टामा ३ हजार ५ सय बढीले कोरोनाका कारण ज्यान गुमाए भने हालसम्म कोरोनाबाट २ लाख ८ हजार ३ सय १३ जनाको मृत्यु भइसकेको छ।

भारतपछि ब्राजिलमा कोरोनाका संक्रमित थपिएका छन्। ब्राजिलमा गत २४ घण्टामा ६९ हजार ७९ कोरोनाका संक्रमित थपिएका छन्। ३ हजार बढीले ज्यान गुमाएका छन् भने कोरोनाको थपिएका संक्रमित सँगै ब्राजिलमा १ करोड ४५ लाख ९२ हजार ८ सय ९६ जना कोरोनाका संक्रमित रहेका छन्।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा पछिल्लो समय कोरोनाको संक्रमणदर घट्दो क्रममा छ। गत २४ घण्टामा अमेरिकामा कोरोनाका ५७ हजार ३ सय ५४ जना संक्रमित थपिएका हुन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३० लाख ४२ हजार १ सय ५३ पुगेको छ। हालसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख ८९ हजार १ सय ८१ जनाको ज्यान गइसकेको छ भने गत २४ घण्टामा करिव १ हजारको मृत्यु भएको छ।

गत २४ घण्टामा टर्कीमा ३७ हजार ६ सय ७४, फ्रान्स र अर्जेन्टिनामा २६ हजार बढी, जर्मनीमा २२ हजार ८३, इरानमा १९ हजार ८ सय ९३, कोलोम्बीयामा १७ हजार ३ सय, इटालीमा १४ हजार ३ सय २०, यूक्रेनमा ११ हजार र स्पेनमा १० हजार बढी कोरोनाका संक्रमित थपिएका छन्।

विश्वभरमा गत २४ घण्टामा १४ हजार बढीले ज्यान गुमाए। विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ लाख ७८ हजार १ सय ५४ पुगेको छ। हालसम्म १ करोड ८९ लाख ४४ हजार ३ सय ६९ सक्रिय संक्रमितको संख्या रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *